प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : कैलालीमा १२ मतदान केन्द्र थप


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो । 

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । 

मतदानस्थल भने साविककै २३७ वटा रहेको उनले जानकारी दिए । मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्र थप भएको उनको भनाइ छ ।

 जिल्लामा यस वर्ष १६ हजार ७०८ आठ मतदाता थपिएका कार्यालय प्रमुख भट्टले बताए। उनका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उनले बताए।

जसमध्ये, दुई लाख ८० हजार २४३ महिला, दुई लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य मतदाता रहेका छन् । 

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं १ मा एक लाख आठ हजार ४९१, क्षेत्र नं २ मा एक लाख सात हजार ७५७, क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२, क्षेत्र नं ४ मा एक लाख १५ हजार १४३ र क्षेत्र नं ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ४ : १३ बजे

ज्ञानेन्द्र शाही भन्छन् : सरकारले भ्रष्टाचारका फाइल खोलोस्, हामी साथ दिन्छौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुशासनका

रास्वपा सांसद लिमाले भनिन्- जनमतको सम्मान गर्दै काम गर्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले जनताले

बेमौसमी वर्षाले रूपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति

सिद्धार्थनगर–  बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको

शपथपछि हर्कले भने- प्रतिपक्षीमा बसेर सरकारलाई सहयोग गर्छौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी प्रतिपक्षीमा

चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा