रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत « Khabarhub

रास्वपा समानुपातिकको प्रारम्भिक निर्वाचनमा रञ्जु र रमेशलाई लोकप्रिय मत


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रारम्भिक मतदानको परिणाम सोमबार सार्वजनिक गरिएको छ।

प्रारम्भिक मतदानको नतिजाअनुसार पुरुषतर्फ रमेश प्रसाईं र महिलातर्फ हालै मात्र प्रवेश गरेकी रञ्जु दर्शनाले लोकप्रिय मत पाएका छन् ।

दृष्टिविहीन नेता प्रसाईंले लोकप्रिय अर्थात् १८ हजार २२३ मत पाएर निर्वाचित भए । उता विवेकशीलबाट हालै मात्र प्रवेश गरेकी रञ्जुले १३ हजार ५५१ मतसहित महिलातर्फ पहिलो भएकी छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सामानुपातिक उम्मेदवार छनौटको प्रारम्भिक निर्वाचनमा बागमती प्रदेश अन्तर्गत ‘खस आर्य’तर्फ १३ हजार ५ सय ५१ मतसहित समग्रमा तेस्रो स्थान मिलेको छ’, उनले भनेकी छन्, ‘महिलातर्फ पहिलो हुनेगरि भोट दिनहुने देश-विदेशमा रहनु भएका सम्पूर्ण पार्टी सदस्यप्रति हार्दिक आभार व्यक्त गर्दछु।’

प्रारम्भिक निर्वाचनमा पत्रकारिता छाडेर रास्वपाको राजनीतिमा होमिएमा सिन्धुपाल्चोकका प्रमोद न्यौपाने दोस्रो लोकप्रिय अर्थात् प्रसाईंपछि सर्वाधिक १४ हजार १६७ मत पाएका छन् । उनीपछि रञ्जु समग्रमा तेस्रो स्थानमा रहेकी हुन् ।

उता सामाजिक सञ्जालमा भाइरल भएर रास्वपामा छिरेकी टीका संग्रौला (ज्वाला) ले १३ हजार १०६ मत पाएकी छन्। उता लीमा अधिकारीले १२ हजार ७६० मत पाएकी छन् । अर्कातिर विकेकशीलबाट रञ्जुसँगै रास्वपामा आएकी समीक्षा बास्कोटा १२ हजार ४६० मत पाएकी छन् ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ४ : ४४ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा