दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू)  « Khabarhub

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू) 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा चटारो देखिएको छ । 

कान्तिपथस्थित आयोगको कार्यालयमा बिहानदेखि नै विभिन्न दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिएको थियो । समयसीमा सकिन लाग्दा पनि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिलेसम्म सूची बुझाएका छैनन् ।

आयोगका अनुसार अन्तिम समयसम्म सूची नबुझाएमा कानुनी व्यवस्था अनुसार कारबाही हुने छ । यसैबीच, केही साना तथा क्षेत्रीय दलहरूले भने समयमै बन्द सूची दर्ता गराइसकेका छन् ।

सूची बुझाउने समयसीमा आज कार्यालय समयभित्रै सकिने भएकाले ठूला दलहरू अन्तिम क्षणमा आयोग पुग्ने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ३२ बजे

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार

समानुपातिकतर्फ सोमबार साँझसम्म ५५ दलले आयोगमा बुझाए धरौटी

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि विभिन्न दलहरूले समानुपातिकतर्फको बन्द

एमालेको समानुपातिक सूचीमा उपाध्यक्ष बादल, कोमल वलीदेखि सन्तबहादुर चेपाङसम्म

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल

गोरखा– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले