दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू)  « Khabarhub

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू) 


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने अन्तिम दिन आज निर्वाचन आयोगमा चटारो देखिएको छ । 

कान्तिपथस्थित आयोगको कार्यालयमा बिहानदेखि नै विभिन्न दलका प्रतिनिधिहरूको आवतजावत बढेको छ ।

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन हिजो र आज गरी दुई दिनको समय दिएको थियो । समयसीमा सकिन लाग्दा पनि ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने अहिलेसम्म सूची बुझाएका छैनन् ।

आयोगका अनुसार अन्तिम समयसम्म सूची नबुझाएमा कानुनी व्यवस्था अनुसार कारबाही हुने छ । यसैबीच, केही साना तथा क्षेत्रीय दलहरूले भने समयमै बन्द सूची दर्ता गराइसकेका छन् ।

सूची बुझाउने समयसीमा आज कार्यालय समयभित्रै सकिने भएकाले ठूला दलहरू अन्तिम क्षणमा आयोग पुग्ने सम्भावना रहेको आयोग स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : ३२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को