समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए « Khabarhub

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ।

उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि सहभागी छन् ।

यो वार्ताका लागि आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ । कुलमानलाई सुधनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।

समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।

उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले बताएअनुसार सकेसम्म आजै सहमति जुटाउने कोसिस भइरहेको छ । कुलमानले आगामी निर्वाचनपछि आधा आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखिरहेका छन् । उज्यलो नेपालले समानुपातिक सूची बुझाउन निस्सा लिइसकेको छ । तर अझै पनि बुझाउन बाँकी छ ।

उता रास्वपा प्रवेश गरेका बालेन्द्रले जेन-जी आन्दोलनले आफूलाई पूरै पाँच वर्ष प्रम बन्ने म्यान्डेट दिएको आफूनिकटस्थलाई बताइरहेका छन् । यही विषयमा यिनीहरूबीच सहमति जुट्न सकेको छैन ।

उता कुलमानले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि संवाद गरिरहेका छन् । शर्मासँग एकै चुनाव चिह्नमा लड्ने गरी सहमति गर्न खोजिए पनि जुटेको छैन । प्रलोपले बन्दसूची बुझाइसकेको छ ।


प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : १२ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी