समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए « Khabarhub

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय गुज्रिँदै गर्दा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेबीच वार्ता भइरहेको छ।

उक्त वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि सहभागी छन् ।

यो वार्ताका लागि आफूलाई जेन-जी अभियन्ता बताउने सुधन गुरूङसहित केही युवाहरूले कुलमानलाई लिएर गएका बताइएको छ । कुलमानलाई सुधनसहितका युवकले बौद्धको अन्तरा होटलमा जारी केन्द्रीय समिति बैठकबाट लिएर गएको बताइएको छ ।

समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समयअघि नै कुरा मिलाउन यी तीनजना छलफलमा बसेका हुन् । कुलमानको उज्यालो नेपालले समानुपातिकका ११० जनाकै सूची तयार गरिसकेको अवस्थामा फेरि त्रिपक्षीय वार्ता भएको हो ।

उज्यालो नेपालका एकजना केन्द्रीय सदस्यले बताएअनुसार सकेसम्म आजै सहमति जुटाउने कोसिस भइरहेको छ । कुलमानले आगामी निर्वाचनपछि आधा आधा कार्यकाल प्रधानमन्त्री हुनुपर्ने अडान राखिरहेका छन् । उज्यलो नेपालले समानुपातिक सूची बुझाउन निस्सा लिइसकेको छ । तर अझै पनि बुझाउन बाँकी छ ।

उता रास्वपा प्रवेश गरेका बालेन्द्रले जेन-जी आन्दोलनले आफूलाई पूरै पाँच वर्ष प्रम बन्ने म्यान्डेट दिएको आफूनिकटस्थलाई बताइरहेका छन् । यही विषयमा यिनीहरूबीच सहमति जुट्न सकेको छैन ।

उता कुलमानले जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि संवाद गरिरहेका छन् । शर्मासँग एकै चुनाव चिह्नमा लड्ने गरी सहमति गर्न खोजिए पनि जुटेको छैन । प्रलोपले बन्दसूची बुझाइसकेको छ ।


प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ५ : १२ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता