कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर « Khabarhub

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले भेटवार्त भइरहेको छ।

बौद्धस्थित उज्यालो नेपालको बैठकस्थलबाट सुधन गुरुङहरूले लिएर हिँडेपछि यी तीनजनाबीच अहिले कमलपोखरीमा वार्ता भइरहेको उज्यालो नेपाल पार्टीका एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

तीनजनालाई वार्तामा जुटाउने काम जेन-जी अभियन्ता सुदन गुरुङले गरेका हुन् । गुरुङका एक सहयोगीका अनुसार उनीहरूबीच अहिले काठमाडौं एक घरमा वार्ता भइरहेो छ।

‘अन्तिम चरणको वार्ता भइरहेको जानकारी हामीलाई आएको छ’, गुरुङका एक सहयोगीले खबरहबलाई भने, ‘वार्ता सकारात्मक नै भइरहेको बुझेका छौँ।’

यता उज्यालो नेपाल पार्टीका नेताहरू भने यो वार्ताबाट निष्कर्ष निक्लिने सम्भावना कमजोर रहेको बताउँछन्।

‘निष्कर्ष निक्लिने सम्भावना कम छ भन्ने हामीलाई सूचना छ’, ती नेताले भने, ‘एउटै पार्टी भएर अगाडि नबढे पनि निर्वाचनमा सहकार्यको बाटो बाँकी रहन्छ।’

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ०७ बजे

निर्वाचन तीन दिन बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

आज २०८२ साल फागुन १८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १८ गते सोमबार फागुन

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।