अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु « Khabarhub

अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा गण्डकी प्रदेशअन्तर्गतका अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । 

सदरमुकाम कुश्माबजारमा जारी आठौँ पर्वत महोत्सवको अवसरमा दुई लाख २२ हजार २२२ राशिको भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलअन्तर्गत कुश्मा नगरपालिका र बागलुङ नगरपालिकाबीचको खेल सम्पन्न भएको छ । 

सो खेलमा कुश्मा नगरपालिकाले बागलुङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छ । अन्य खेलहरू भोलिदेखि सञ्चालन हुने भएका छन् । 

बेस्ट अफ फाइप लिगकम नकआउट चरणमा खेलाइने उक्त खेलमा प्रथम हुनेलाई रु दुई लाख २२ हजार २२२ नगद पुरस्कार, शिल्ड मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु एक लाख ११ हजार १११, तृतीय हुनेलाई नगद रु ५५ हजार ५५५, शिल्ड मेडल र प्रमाणपत्र तथा सान्त्वना टिमलाई पनि रु २२ हजार २२२ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

साथै उत्कृष्ट विधाहरुलाई पनि पुरस्कार प्रदान गरिने महोत्सवका खेलकुद संयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिए । गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कुश्मामा आयोजित आठौँ पर्वत महोत्सव गत बुधबारदेखि सुरु भएको हो । 

महोत्सव यही पुस १९ गतेसम्म सञ्चालन हुने छ । 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ३२ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को