निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव « Khabarhub

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताए ।

आज जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभामा बोल्दै उनले वर्तमान अवस्थामा प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेश अन्तर्गत प्रहरी र प्रशासन हुन जरुरी रहेको बताए ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावका लागि पार्टीले तयारी सुरु गरेको बताउँदै उनले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक पार्टी चुनावबाट पछाडि जान नमिल्ने उल्लेख गरे ।

उनले जेनजी पुस्ताले उठाएको कुशासनको अन्त्य तथा सुशासनको स्थापनाका लागि अहिले निर्वाचन तथा शासकीय प्रणालीबाट कठिन हुने बताउँदै मुलुकमा स्थिरता तथा सुशासनका लागि कार्यकारी राष्ट्रपतिको चुनावका लागि शासकीय प्रणालीमा सुधारका लागि संविधान संशोधन जरुरी रहेको बताए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ८ : १८ बजे

किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले तरकारी बेचेर कमाउँछन्

म्याग्दी – बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा प्लास्टिक

उपत्यकामा ग्यास अभाव हुन नदिन बाहिरका प्लान्टबाटै सिलिन्डर भर्ने चटारो

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च