निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह « Khabarhub

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन् ।

आज एक कार्यक्रमको सन्दर्भमा गोरखामा भएको भेटमा मन्त्री खरेलले निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो भूमिका रहने भएकाले दुवै भूमिकाको भरपुर प्रयोग गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरेका हुन् ।

मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भने, “सरकारको तर्फबाट पनि र एक जिम्मेवार राजनीतिक पार्टीको केन्द्रीय नेताको तर्फबाट पनि कुनै कञ्जुस्याइँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ ।” साथै उहाँले निर्वाचन हुनेमा कुनै पनि शङ्का र प्रश्न नरहेको पनि स्पष्ट परे ।

“आज सबै पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि निर्वाचन हुन्छ कि हुन्न होला भन्ने प्रश्न समाप्त भएको छ”, उनले भने, “हामी निर्धारित मितिमा निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि पहिल्यैदेखि निर्वाचनको पक्षमा रहेको स्पष्ट पारेका थिए । “म त पहिल्यैदेखि निर्वाचनको पक्षमा थिएँ । अहिले वातावरण सकारात्मक बनिरहेको छ । यो खुसीको कुरा हो”, उनले भने , “यो सरकारले पनि अलि जिम्मेवार भएर काम गर्नुपर्छ ।”

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ९ : ४७ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित