अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची « Khabarhub

अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ३१ राजनीतिक दलले निर्वाचन आयोगमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल), गतिशिल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल, समावेशी समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी नेपालले सूची बुझाएका छन् ।

त्यस्तै, नेपाल जनता संरक्षण पार्टी, नागरिक शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र उन्नत लोकतन्त्र पार्टीले सूची बुझाएका आयोगले जनाएको छ ।

त्यस्तै, जनता लोकतान्त्रिक पार्टी नेपाल, पिपुल फस्ट पार्टी, नेपालको लागि नेपाली पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र त्रिमूल नेपाललको सूची बुझाएका छन् ।

सूची बुझाउने अन्य पार्टीहरूमा स्वभिमान पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल छन् ।

त्यस्तै, एकल चिन्ह मोबाइल लिएका दल, राष्ट्रिय एकता दल, राष्ट्रिय गौरव पार्टी, एकल चिन्ह जाँतो लिएका दल, श्रम संस्कृति पार्टी, नेशनल रिपब्लिक नेपाल र जनअधिकार पार्टी पनि दर्ता भएका आयोगले जानकारी दिएको छ ।

फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ११ : ०५ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही