उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित « Khabarhub

उत्पादनमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बागलुङ– दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् ।

गत वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि पाँच रुपैयाँ पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो ।

किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिए । केन्द्रले दुग्ध उत्पादन सहकारीमा आबद्ध भएका किसानलाई अनुदान दिने गरेको उनको भनाइ छ ।

डा. सापकोटाका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ ।

विगत चार वर्षदेखि यहाँका किसानलाई अनुदान दिन थालिएको हो । विज्ञ केन्द्रले यहाँका करिब आठ सय किसानलाई अनुदान दिँदै आएको छ । उनले भने, ‘यस वर्ष आठ लाख लिटर दूधका लागि ४० लाख रुपैयाँ विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ ।’

हाल सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ । प्रतिव्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दूध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले जनाएको छ ।

काठेखोला गाउँपालिका– ६ का दुग्ध उत्पादन किसान सुरेश कँडेलले राज्यले उत्पादनमा आधारित अनुदान दिँदा आफूजस्ता धेरैलाई काम गर्न उत्साह बढेको बताए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ९ : ०५ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार