व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो « Khabarhub

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख ४८ हजार ३२३ पुगेको हो ।

त्यस्तै, अन्य संस्थागत स्थायी लेखा दर्ता सङ्ख्या १९ लाख ९३ हजार ७२४ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता सङ्ख्या ३ लाख ३८ हजार ३१६ र अन्तःशुल्क इजाजत दर्ता सङ्ख्या १ लाख २१ हजार ६८२ पुगेको विभागले जनाएको छ ।

विथहोल्डर स्थायी लेखा नम्बर दर्ता सङ्ख्या ३४ हजार ६३८ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अर्धवार्षिक अवधिमा अन्तःशुल्क लक्ष्यको नजिक, शिक्षा कर १७८ प्रतिशत बढी
आन्तरिक राजस्व विभाग चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अन्तःशुल्क सङ्कलनमा करिब लक्ष्यको नजिक पुगेको देखिएको छ ।

पुस मसान्तसम्म विभागले ५७ अर्ब ४६ करोड ४१ लाख १९ हजार रुपैयाँ अर्थात लक्ष्यको ९५.६० प्रतिशत अन्तःशुल्क सङ्कलन गरेको छ ।

त्यस्तै, विभागले समीक्षा अवधिमा लक्ष्यको तुलनामा आयकर ७८.२७, घरबहाल कर ६०.०४, ब्याज कर, ७१.४२ र मूल्य अभिवृद्धि कर ८५.५३ प्रतिशत सङ्कलन गरेको छ । त्यस्तै सो अवधिमा निर्धारित लक्ष्यको तुलनामा विभागले स्वास्थ्य सेवाकर ७५.६२, शिक्षा कर १७८.६७, र अन्य कर ३८५९.४४ प्रतिशत हासिल गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : ४४ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्