व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो « Khabarhub

व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघ्यो


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख नाघेको छ । आन्तरिक राजस्व विभागको पछिल्लो तथ्यांकअनुसार नेपालमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४५ लाख ४८ हजार ३२३ पुगेको हो ।

त्यस्तै, अन्य संस्थागत स्थायी लेखा दर्ता सङ्ख्या १९ लाख ९३ हजार ७२४ पुगेको छ । मूल्य अभिवृद्धि करमा दर्ता सङ्ख्या ३ लाख ३८ हजार ३१६ र अन्तःशुल्क इजाजत दर्ता सङ्ख्या १ लाख २१ हजार ६८२ पुगेको विभागले जनाएको छ ।

विथहोल्डर स्थायी लेखा नम्बर दर्ता सङ्ख्या ३४ हजार ६३८ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

अर्धवार्षिक अवधिमा अन्तःशुल्क लक्ष्यको नजिक, शिक्षा कर १७८ प्रतिशत बढी
आन्तरिक राजस्व विभाग चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अन्तःशुल्क सङ्कलनमा करिब लक्ष्यको नजिक पुगेको देखिएको छ ।

पुस मसान्तसम्म विभागले ५७ अर्ब ४६ करोड ४१ लाख १९ हजार रुपैयाँ अर्थात लक्ष्यको ९५.६० प्रतिशत अन्तःशुल्क सङ्कलन गरेको छ ।

त्यस्तै, विभागले समीक्षा अवधिमा लक्ष्यको तुलनामा आयकर ७८.२७, घरबहाल कर ६०.०४, ब्याज कर, ७१.४२ र मूल्य अभिवृद्धि कर ८५.५३ प्रतिशत सङ्कलन गरेको छ । त्यस्तै सो अवधिमा निर्धारित लक्ष्यको तुलनामा विभागले स्वास्थ्य सेवाकर ७५.६२, शिक्षा कर १७८.६७, र अन्य कर ३८५९.४४ प्रतिशत हासिल गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : ४४ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको