अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो « Khabarhub

अमेरिकामा हेलिकप्टर र विमान आकाशमै ठोक्किए, १८ जनाको शव भेटियो


१७ माघ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा अमेरिकी एयरलाइन्सको विमान र सेनाको हेलिकप्टर ठोक्किँदा १८ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको एक विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमै ठोक्किएका थिए । उक्त विमानमा ६४ जना सवार थिए, जसमा ६० जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

प्रहरी अधिकारीहरूले जानकारी दिँदै अहिलेसम्म १८ जनाको शव फेला परिसकेको बताएका छन् ।

बमबार्डियर कम्पनीको सिआरजे ७०० विमान वासिङ्टनबाट क्यान्ससतर्फ जाँदै थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार ठक्करपछि विमान आकाशमै दुई टुक्रा भएर पोटोम्याक नदीमा खसेको थियो। अहिले नदीमा खोजी तथा उद्धार कार्य जारी छ ।

स्थानीय समयअनुसार राति ९ बजे रिगन वासिङ्टन नेशनल एयरपोर्ट नजिकै भएको यस दुर्घटनाको अनुसन्धान जारी छ । उक्त विमानले रेगन नेशनल एयरपोर्टबाट उडान भरेको थियो ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  १२ : ०२ बजे

क्रिकेट मैदानमा प्रधानमन्त्री बालेनको फ्लाइङ किस (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सुदूरपश्चिमले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

कर्णालीको हवाई उडान समस्याबारे सरोकारवालाबीच छलफल

काठमाडौँ – कर्णाली प्रदेशको पहाडी क्षेत्रमा देखिएका हवाई उडानसम्बन्धी समस्या

एकै ओभरमा सुदूरपश्चिमले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स