ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु « Khabarhub

ओखलढुङ्गामा सुमो दुर्घटना हुँदा तीनजनाको मृत्यु


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओखलढुङ्गामा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान  दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको कोपिलासगढी गाउँपालिका– ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका– १२ की ४५ वर्षीया तारा गुरुङ छन्।

खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ६४२१ नम्बरको टाटा सुमो आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो। सुमो चालक सुनसरीको इनरुवा नगरपालिका– २ का २२ वर्षीय अनिल पण्डित फरार छन्। सुमोमा चालकसहित चार जना सवार थिए।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १२ : १४ बजे

प्रतिनिधिसभा बैठक : जातीय विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदैआएको डेरा खोज्दादेखि

रास्वपा सांसद कृष्णकुमारलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा

एनसेल फाउन्डेसनले १०० विद्यार्थीलाई ‘एसईई छात्रवृत्ति’ दिने

काठमाडौँ – एनसेल फाउन्डेसनले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने