एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री « Khabarhub

एचपीभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका : शिक्षामन्त्री


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी  खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् । 

आज उनले भिडियो सन्देश जारी गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपीभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 

सन्देशमा मन्त्री भट्टराईले विद्यालय केन्द्रित खोप केन्द्रबाट दिइने भएकाले लक्षित किशोरी सबैले आ–आफ्नो विद्यालय वा नजिकैको विद्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोधसमेत गरेकी छन् । 

सरकारले यही माघ २२ देखि आगामी फागुन ६ गतेसम्म कक्षा ६ देखि १० सम्मका सबै छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष सम्मका किशोरीलाई खोप अभियान सञ्चालन गर्दै छ । 

आगामी वर्षदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नियमित खोप सेवामा समावेश गदै कक्षा ६ का छात्रा र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई दिइने सरकारको तयारी छ । 

नेपालमा महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुनेमा पाठेघरको क्यान्सर पहिलो कारण भएको तथ्य विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनले देखाएको छ । 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १ : ५६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक