रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु « Khabarhub

रुसी ड्रोन आक्रमणबाट चार युक्रेनीको मृत्यु


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युक्रेनको पूर्वी शहर सुमीमा सोभियत कालीन आवासीय ब्लकमा युक्रेनका विभिन्न शहरलाई लक्षित गरी गरिएको रुसी ड्रोनले लाग्दा कम्तीमा चार जनाको मृत्यु भएको युक्रेनी गृह मन्त्रालयले जनाएको छ ।

रूसले सन् २०२२ को सुरुमा युक्रेनमा आक्रमण गरेयता दैनिक जसो दर्जनौँ ड्रोन वा क्षेप्यास्त्रले युक्रेनी भूगोलमा गाउँ र सहरमा रहेका बस्तीका साथै महत्त्वपूर्ण भौतिक संरचनालाई लक्षित गर्दै आएको छ ।

आपत्कालीन सेवाहरूले वितरण गरेको तस्बिरमा भवनको छेउमा एउटा प्वाल परेको र उद्धारकर्मीहरूले जीवित व्यक्तिहरूको खोजी गर्दै भवनको भग्नावशेष खनेको देखाइएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो एक भयानक त्रासदी र भयानक रूसी अपराध हो।’ उनले अगाडि भने, ‘विश्वले यस आतंकको विरूद्धमा रूसलाई दबाब दिन नरोकोस् । यो अति आवश्यक छ ।’

युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले सुमीमा चार जनाको मृत्यु हुनुका साथै एक बालकसहित नौ जना घाइते भएको बताएका छन् ।

यो शहर रूसी हवाई आक्रमणमा नियमित रूपमा लक्षित गरिएको उत्तरपूर्वी युक्रेनमा रुसको सीमामा अवस्थित छ । युद्ध अघि त्यहाँ दुई लाख ५५ हजार ६७२ मानिसहरू बस्थे।

युक्रेनी वायु सेनाका अनुसार मस्कोले ८१ वटा ड्रोनले आक्रमण गरेको र इरानी ड्रोनजस्तै नमूनाको शाहेद पनि रहेको थियो । उनीहरूको एयर डिफेन्स एकाईले सुमी र राजधानी किएभ नजिकैका विभिन्न क्षेत्रमा रहेका ३७ वटा ड्रोन खसालेको थियो ।

‘ब्ल्याक सी’मा रहेको ओडेसाको दक्षिणी क्षेत्रमा रुसी ड्रोनले युक्रेनको महत्त्वपूर्ण निर्यात केन्द्रमध्ये एक इजमेल बन्दरगाह शहरलाई निशाना बनाएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ४ : १९ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर