संकटाले जित्याे सभापति कप फुटबलको उपाधि « Khabarhub

संकटाले जित्याे सभापति कप फुटबलको उपाधि


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)लाई पराजित गर्दै ए डिभिजन लिग क्लब संकटाले सभापति कप फुटबल प्रतियोगिता जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न फाइनलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। योसँगै खेल टाइब्रेकरमा पुगेको हो।

टाइब्रेकरमा संकटाले ४–३ ले बाजी मार्‍यो। उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ हात पार्‍यो। बागमतीले भने १३ लाख रुपैयाँमा चित्त बुझायो। संकटाका राम थापा र रोशन पहारीको प्रहार विकेश कुथुले रोके। तर, लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की र सुनिल खड्काले गोल गरे।

बागमतीका नवीन लामा, फोडे फोफना र सेन्जल एलेक्सले मात्रै गोल गर्न सके। कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीप कार्कीले रोके। रजत तिवारीको प्रहार माथिल्लो बारबाट बाहिरियो।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ८ : ४१ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका