टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा | Khabarhub Khabarhub

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो ।

पहिलो सेट २१–२५ अङ्कले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ अङ्कले आफ्नो पक्षमा पार्यो ।

जितसँगै गण्डकी पराजित समूहबाट ६ अङ्क प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुई र एपिएफ एक अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार भारतको सुनिल भलिबल क्लबसँग खेल्नेछ ।

सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता यही माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयले रु एक लाख ८५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : ३५ बजे

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिशुस्टिनबीच बेइजिङमा भेटवार्ता

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले आज बेइजिङमा रूसी प्रधान मन्त्री

भारतमा मतदाता सूची सुधार अभियान शुरु

नयाँ दिल्ली- भारत सरकारले मङ्गलबारदेखि देशव्यापी रूपमा आफ्नो मतदाता सूचीको

मूल्य खस्किएपछि अदुवा किसान मारमा

घोराही– यहाँको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काको बारीमा अनुमानित

नयाँ पुस्ताको चेतना, पुरानै संरचना पुनरागमनको खतरा

भाद्र २३ र २४ मा नेपालको इतिहासले नयाँ मोड लियो।

के तपाईं घरमा हावा शुद्ध पार्ने बिरुवा रोप्न चाहनु हुन्छ ? 

काठमाडौं– आफ्नो घरको बगैँचालाई राम्रो र सुन्दर बनाउनका लागि थरिथरिका