टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा « Khabarhub

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो ।

पहिलो सेट २१–२५ अङ्कले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ अङ्कले आफ्नो पक्षमा पार्यो ।

जितसँगै गण्डकी पराजित समूहबाट ६ अङ्क प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुई र एपिएफ एक अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार भारतको सुनिल भलिबल क्लबसँग खेल्नेछ ।

सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता यही माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयले रु एक लाख ८५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : ३५ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी