टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा « Khabarhub

टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश पुरुषतर्फ एलिमिनेटरमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटर चरणमा प्रवेश गरेको हो ।

पहिलो सेट २१–२५ अङ्कले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल गर्यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ अङ्कले आफ्नो पक्षमा पार्यो ।

जितसँगै गण्डकी पराजित समूहबाट ६ अङ्क प्राप्त गरेर शीर्ष स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ । हेल्प नेपाल दुई र एपिएफ एक अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएका छन् । गण्डकीले अब शुक्रबार भारतको सुनिल भलिबल क्लबसँग खेल्नेछ ।

सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको थियो । पहिलो क्वालिफायरमा आर्मीले पुलिससँग खेल्नेछ । यसैगरी महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोर्ट्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक टाइगर ग्रुपबीचको खेलमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता यही माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान रु पाँच लाख ८५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीयले रु एक लाख ८५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुषतर्फ सर्वोत्कृष्ट हुने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् । दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  १० : ३५ बजे

डुप्लेसीको क्याचमा लुम्बिनीका कप्तान रोहित आउट, विराटनगरले लियो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब

इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८११ पुग्यो

एजेन्सी– इन्डोनेशियाका आचेह, उत्तरी सुमात्रा र पश्चिम सुमात्रा प्रान्तमा आएको

‘अभिमन्यु : च्याप्टर १’को बुकिङ खुला

काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर १८ बाट प्रदर्शनमा आउन

‘परिवर्तन’को पोस्टर : अञ्जना प्रहरी, एक्सन अवतारमा सुशील

काठमाडौं – आगामी माघ ९ लाई प्रदर्शन मिति तोकिएको एक्सन