आँबुखैरेनीका तीन सडक स्तरोन्नति गरिँदै « Khabarhub

आँबुखैरेनीका तीन सडक स्तरोन्नति गरिँदै


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाकामा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको छ ।

आँबुखैरेनी गाउँपालिका–५ स्थित भकुण्डी– बरालुङबेँसी सडक, सोही वडाको लाब्दी घुमाउने सडक, आँबुखैरेनी गाउँपालिका–३ स्थित आँबु सडकको काम अन्तिम चरणमा पुगेको हो । ती सडक ९१ लाख ३८ हजार २१२ विनियोजन गरेर काम थालिएको गाउँपालिकाका योजना शाखा प्रमुख उमाकान्त पौडेलले जानकारी दिए ।

भकुण्डी–बरालुङबेँसी सडकका निम्ति स्थानीयले एक लाख ६३ हजार ८२४ रुपैयाँ योगदान गरेका छन् । आगामी असार १५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य छ ।

लाब्दी–घुमाउने सडकमा स्थानीयले सात लाख ७५ हजार ६५७ रुपैयाँ बजेट योगदान गरेको उनले जानकारी दिए ।

यसैगरी आँबु मार्गको स्तरोन्नति पाँच लाख ३४ हजार ३८८ रुपैयाँको लागतमा जारी छ । यो मार्गमा स्थानीयले ५४ हजार ३८८ रुपैयाँ योगदान गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ७ : २३ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब