सर्वाेच्चले भन्यो– पाथीभरा केबलकार यथास्थितिमा राख्नू « Khabarhub

सर्वाेच्चले भन्यो– पाथीभरा केबलकार यथास्थितिमा राख्नू

अन्तरिम आदेशबारे छलफल गर्न चैत २६ गते दुबै पक्षलाई अदालतमा बोलाइयो


१६ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङको पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ ।

यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो ।

बेवलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो ।

अन्तररिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।

पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ भने स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली