प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादीलाई ‘निषेध’ | Khabarhub Khabarhub

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा राजावादीलाई ‘निषेध’


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सर्वदीलय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको मात्रै सर्वदलीय बैठक आइतबार साँझ ७ बजे सिंहदरबारमा बस्ने भएको छ।

उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी नगराइने भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गर्न लागिएको हो ।

शुक्रबार भएको प्रदर्शनका क्रमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रतिनिधिसभाका सांसद एवम् महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरू दुवैमाथि राज्यविरुद्ध अपराधको मुद्दा चलाउन आइतबार नै म्याद लिइँदैछ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन् । उनले सदनमा देखिएको गतिरोधको अवस्था हटाउने उद्देश्यसहित यो बैठक डाकिएको बताएका छन् ।

यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरे । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरे।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो ।

बर्तौलाले बैठकपछि प्रधानमन्त्री ओलीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी दिए । संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी दिए । दुई नेताको टेलिफोन संवादपछि गणतन्त्रवादीको सर्वदलीय बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ३९ बजे

विश्वकप लिग–२ : युएईमा हुने सिरिजका लागि नेपाली टोली घोषणा

काठमाडौं – आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा

इजरायलद्वारा थप १५ प्यालेस्टिनीको शव फिर्ता गरेको हमासद्वारा पुष्टि

गाजा शहर – इजरायलले शनिबार १५ प्यालेस्टिनीहरूको शव गाजालाई फिर्ता

फूल लिन घरमै पुगे व्यापारी, बढ्यो मूल्य

भक्तपुर – मखमली र सयपत्रीका माला लिन व्यापारी घरमै आउन

विश्वविद्यालयले अनुसन्धानमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मनमोहन विश्वविद्यालयले मुलुकको