कुलमानको रिट ‘हेर्न नभ्याइने’ « Khabarhub

कुलमानको रिट ‘हेर्न नभ्याइने’


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक पदबाट गत सोमबार बर्खास्त कुलमान घिसिङको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ।

सुनुवाइका लागि रिटको पेशी न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा तोकिए पनि ‘हेर्न नभ्याइने’मा राखिएको हो ।

यस रिटमा शुक्रबार प्राम्भिक सुनुवाइ गर्दै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो। न्यायाधीश अव्दुलअजिज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारलाई सोधेको थियो।

तर उक्त इजलासले अन्तरिम आदेश नदिएपछि नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यालई काम गर्ने बाटो खुलेको थियो ।

शुक्रबार सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई आइतबार बोलाएर छलफल गर्ने भनेको थियो ।

कुलमानलाई गत सोमबारको मन्त्रिपरिषद् बैठकले प्राधिकरणबाट बर्खास्त गरेर हितेन्द्रदेवलाई नियुक्त गरेको थियो । त्यसविरुद्ध कुलमान सर्वोच्च गएका थिए ।

कुलमानले आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन मानेन ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १२ : ५४ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको