राजावादीका नाममा लुटपाट, आगजनी र तोडफोडमा संलग्नविरुद्ध प्रहरीको अभियान, सर्वसाधारणसँग माग्यो सूचना « Khabarhub

राजावादीका नाममा लुटपाट, आगजनी र तोडफोडमा संलग्नविरुद्ध प्रहरीको अभियान, सर्वसाधारणसँग माग्यो सूचना


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीका नाममा गत शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा ताण्डव मच्चाउनेहरूबारे नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना र विवरण मागेको छ ।

काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, भाटभटेनीसहितका व्यापारिक केन्द्रमा गरिएको उपद्रोमा संलग्नको विवरण प्रहरीले मागेको हो ।

निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवम् अरू गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको प्रमाण संकलनका लागि प्रहरीले सहयोग मागेको हो ।

‘यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ प्रहरीले भनेको छ, ‘सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने व्यहोरा जानकारी गराउन चाहान्छौँ ।’

शुक्रबार मच्चाइएको उपद्रोमा संलग्नमध्ये शनिबारसम्म १११ जना पक्राउ परिसकेका छन् । प्रहरीले भाटभटेनी लुटमा संलग्न महिलासहित साजनालाई समातिसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  १ : २५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको