नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउँछौँ : मन्त्री पाण्डे « Khabarhub

नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेपनि फिर्ता ल्याउँछौँ : मन्त्री पाण्डे


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट मूर्ति चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने बताएका छन् । 

आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्त्विक महत्वका मूर्तिहरू नेपाल फर्काएर पाटन सङ्ग्रहालय र राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तर गर्दै मन्त्री पाण्डेले नेपालका संसारको कुनै पनि स्थानमा पुर्‍याइए पनि फर्काइने बताएका हुन् । 

उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्त्विक मूर्तिहरू कसरी विदेश पुगे भन्ने मुख्य प्रश्न भएको जिकिर गरे । 

मन्त्री पाण्डेले नेपालका मूर्तिहरू चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने काम भएको बताए । उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मूर्तिहरू प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे ।  

पुरातत्त्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्वका मूर्तिहरू नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ । 

अमेरिका फान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रिलियाजस्ता देशहरूबाट थप अरु मूर्तिहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको बताएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ०४ बजे

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

काठमाडौं– राष्ट्रियभा सदस्य रामकुमारी झाँक्रीले सुशासन र गुणस्तरीय सेवामा नाममा

हर्क साम्पाङलाई जानकारको सुझाव– ‘सस्तो स्टन्टले निलम्बनमा परिएला’

काठमाडौं- चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका वालेन्द्र शाहले अहिलेसम्म

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौं– सांसदहरूले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको उल्लेख