ताप्लेजुङमा आगलागीका घटना बढ्दै « Khabarhub

ताप्लेजुङमा आगलागीका घटना बढ्दै


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खायाम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो ।

गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो । केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो । यस घटनाबाट करिब रु छ लाख बराबरको क्षति भएको छ ।

यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो । अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो । 

नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि उक्त घटनाबाट चार लाख रुपैयाँ बराबरको क्षति भएको नगर कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १६ गतेसम्म १५ स्थानमा आगलागीका घटना भएका छन् । ती घटनामा ११ घर पूर्ण रूपमा जलेका छन् भने ११ परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार एक घटनामा श्रीमान्–श्रीमतीबीचको झगडाका कारण आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।

त्यस्तै, चार वटा पुलमा आगलागीबाट क्षति पुगेको छ । उनले चालु आवको नौ महिनामा आगलागीबाट ५७ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । 

गत आवमा आगलागीका कारण जिल्लामा ३२ घर जलेर नष्ट भएका थिए भने एक हजार ५६० रोपनी वन क्षेत्र नष्ट भएको थियो । आगलागीका घटनाले जनधनको मात्र होइन, वन सम्पदा, वन्यजन्तु, पूर्वाधारलगायत संरचनामा गम्भीर क्षति पुर्‍याउने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : २८ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल