संसद्‍मा सत्तापक्ष र राजावादीबीच भनाभन (तस्बिरहरू) « Khabarhub

संसद्‍मा सत्तापक्ष र राजावादीबीच भनाभन (तस्बिरहरू)

जेल हालेर देखाउन राजेन्द्र लिङ्देनको चुनौती


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार काठमाडौंमा भएको प्रदर्शनलाई लिएर प्रतिनिधिसभामा राजावादी र सत्तापक्षबीच भनाभनको अवस्था आएको छ ।

राजावादीलाई जेल हाल्ने कुरा संसद्मा उठेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालेर देखाउन चुनौती दिए ।

‘म यहाँ छु राजावादी’ भन्ने जवाफ लिङ्देनले फर्काउँदा संसद्‍मा भनाभनको अवस्था आएको हो ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस, एमालेका सांसदहरूले राजावादीलाई थुन्नुपर्ने भनेपछि संसद् बैठकमै रहेका लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिए । त्यसपछि १५ मिनेटका लागि स्थगित बैठक बस्न सकेको छैन ।

‘संसद्मा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल’, उनले भने ।

आजको प्रतिनिधिसभा बैठकमा प्राविधिक समस्या भएकोले लाइभ गरिएको थिएन । तर, रेकर्ड गरिएको भिडिओ अहिले सार्वजनिक भएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ३ : ३१ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको