हुलदङ्गाका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन « Khabarhub

हुलदङ्गाका कारण भएको क्षतिको बीमा दाबीलाई छिटो फर्छ्यौट गर्न प्राधिकरणको निर्देशन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणले यही चैत १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भएका हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षतिबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले चैत १५ गते भएको हुलदङ्गाका कारण बीमितको धन सम्पत्तिमा भएको क्षति र असहजतालाई ध्यानमा राखी त्यसबाट पर्न सक्ने बीमा दाबीलाई सहजरूपमा यथाशक्य छिटो फर्छ्यौट गर्न आज सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरूलाई निर्देशन दिएको हो ।

यसैगरी, काठमाडौं उपत्यकामा चैत १५ गते भएको हुलदङ्गाका कारणले भएका क्षतिको विवरण एक्सेल स्प्रिडसीट ढाँचामा प्राधिकरणले दिएको गुगल फर्मको लिङ्कमार्फत् साप्ताहिक रूपमा प्रत्येक हप्ताको बुधबार प्राधिकरणमा पेश गर्नपनि सबै निर्जीवन बीमा कम्पनी र निर्जीवन लघुबीमा कम्पनीहरू लाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ४ : ४९ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई