सिंहदरबारमा सर्वदलीय बैठक : राप्रपासँगै रास्वपालाई पनि बोलाइएन « Khabarhub

सिंहदरबारमा सर्वदलीय बैठक : राप्रपासँगै रास्वपालाई पनि बोलाइएन


१७ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार साँझ सिंहदरबारमा सर्वदीलय बैठक बसिरहेको छ ।

प्रधानमन्त्री ओलीको आव्हानमा गणतन्त्र पक्षधर दलहरूको मात्रै सर्वदलीय बैठक आइतबार साँझ ७ बजे सिंहदरबारमा बसेको हो।

उक्त बैठकमा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी गराइएको छैन । रास्वपा संसद्मा चौथो ठूलो दल हो भने राप्रपा पाँचौँ ठूलो दलका रुपमा छ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, दुवै जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, महन्थ ठाकुरको लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरू सहभागी छन् । तर रास्वपाको दोधारे भूमिकाका कारण र शुक्रबारको उग्र प्रदर्शनपछि राजावादी दल राप्रपालाई गणतन्त्रवादीहरूले सहभागी नगराएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गरिएको हो ।

शुक्रबार भएको प्रदर्शनका क्रमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र प्रतिनिधिसभाका सांसद एवम् महामन्त्री धवलशमशेर जबरा पक्राउ परेका छन् । उनीहरू दुवैमाथि राज्यविरुद्ध अपराधको मुद्दा चलाउन आइतबार नै म्याद पाँच दिनको म्याद लिइएको छ ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको जानकारी एमाले प्रमुख सचेतक महेश बर्तौलाले दिएका छन् । उनले सदनमा देखिएको गतिरोधको अवस्था हटाउने उद्देश्यसहित यो बैठक बसिरहेको बताए ।

यसैबीच प्रमुख सचेतकहरूसँगको बैठकमा सभामुख देवराज घिमिरेले शुक्रबार भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् । उनले राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद जीवन्त रहेको महसुस गराउन अपिल गरेका थिए ।

अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो ।

बर्तौलाले प्रधानमन्त्री ओलीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी दिए । संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार नै टेलिफोन संवाद भएको छ । दुई नेताको टेलिफोन संवादपछि गणतन्त्रवादीको सर्वदलीय बैठक बसेको हो ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आइतबार  ८ : २२ बजे

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन