आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख शुक्ल पक्षको तृतीया थिति। तदनुसार सन् २०२५ अप्रिल ३० तारिख। अक्षय तृतिया। सातु बाड्ने दिन। लुभुमा महालक्ष्मी भैरव यात्रा। शिव पार्वती विवाह। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृष : दिन राम्रो छ। बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ। स्वास्थ्यको उपचार हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ। आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।

कर्कट : दिन राम्रो छ। तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ। परिवारको साथ र सहयोग मिल्नेछ। राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

कन्या : बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ। धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ। मनमा शान्ति मिल्नेछ। मुल त्रिकोणमा चन्द्रमा पुगेकाले विपक्षीले प्रशंसा गर्नेछन्।
तुला : विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ। स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ। पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ।

वृश्चिक : मनमा उत्साह थपिने छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वको साथ मिल्नेछ। गणेशको पूजा गरेर दिनको सुरुवात गर्नुहोला।

धनु : दिन राम्रो छ। हरेक क्रियाकलापमा अग्रजको सल्लाह लिनुपर्ने समय छ। औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ। अध्ययनको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन राम्रो छ। विपक्षी भनेका साथीको साथ मिल्नेछ। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। परिवारसँगको सम्बन्धमा मनमुटाव हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ।

कुम्भ : दिन सामान्य छ। साना कुराले झन्झट थपिनेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन्। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ।

मीन : संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ। बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ। स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ। औषधी नियमित गर्नुपर्ने दिन छ। विपक्षीको साथ मिल्दा मन शान्त बन्नेछ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ०३ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको