बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ १३ पैसा र बिक्रीदर १३६ रुपियाँ ७३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १५४ रुपियाँ ९४ पैसा र बिक्रीदर १५५ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८२ रुपियाँ २५ पैसा र बिक्रीदर १८३ रुपियाँ ०५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रुपियाँ ९९ पैसा र बिक्रीदर १६५ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ १२ पैसा र बिक्रीदर ८७ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपियाँ ३० पैसा र बिक्रीदर ९८ रुपियाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ९२ पैसा र बिक्रीदर १०४ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७२ पैसा र बिक्रीदर १८ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २९ पैसा र बिक्रीदर ३६ रुपियाँ ४५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३५ पैसा र बिक्रीदर ३७ रुपियाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०७ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०६ पैसा र बिक्रीदर ३७ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४६ पैसा र बिक्रीदर ३१ रुपियाँ ६० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ १२ पैसा र बिक्रीदर १४ रुपियाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७६ पैसा र बिक्रीदर २० रुपियाँ ८५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ५५ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपियाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ १२ पैसा र बिक्रीदर ३६२ रुपियाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ५९ पैसा र बिक्रीदर ३५५ रुपियाँ १५ पैसा रहेको छ । भारतीय मुद्रा एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ५ : ३९ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण