सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित | Khabarhub Khabarhub

सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा दिल्लीविरुद्ध कलकताको जित


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले १४ रनको जित निकालेको छ। सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कलकताले दिल्ली क्यापिटललाई १४ रनले हराएको हो।

कलकताले दिएको २०५ रनका लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो।

६.३ ओभरमा दिल्लीले तीन विकेट गुमाउँदै ६० रन जोडेको समयमा कलकता बलियो देखिएको थियो। त्यसको लगत्तै कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको शानदार ब्याटिङले दिल्ली जित नजिक पुगेको थियो।

१४ औँ ओभरको दोस्रो बलमा नारायणले पटेललाई आउट गरेपछि खेल कलकताको पक्षमा मोडिएको हो। पटेलले २३ बलमा ४३ रन प्रहार गरे। उनले डु प्लेसिससँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे।

त्यस अघि २.१ ओभर बलिङ गर्दा नारायणले कुनै विकेट नलिई २५ रन खर्चिएका थिए। वरुण चक्रवर्तीले पनि तीन ओभरमा ३१ रन खर्चेर कुनै विकेट लिएका थिएनन्। कलकताको मुख्य हतियार नै निस्तेज भएपछि हारको नजिक पुगेको थियो। त्यसपछि बाँकी रहेको १७ बलामा यो जोडीले १२ रन दिएर ५ विकेट लिएको हो। त्यो नै जितको कारण समेत बन्यो। डु प्लेसिसले ४५ बलमा ६२ रन प्रहार गरे।

दिल्लीका लागि विपराज निगमले १९ बलमा ३८ रन प्रहार गरे। कलकताका नारायणले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए। चक्रवर्तीले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए। अङ्कुल रोयले चार ओभरमा २७ रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कलकताले ९ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। विष्फोटक सुरुवात गरेको कलकताले तीन ओभरमा एक विकेट गुमाउँदै ४८ रन जोडेको थियो। रहमुल्ला गुरवाजले १२ बलमा २६ रन जोड्दा नारायणले १६ बलमा २७ रन जोडेका थिए। यसैगरी कप्तान अजान्का रहानेले १४ बलमा २६ रन जोडे। यी तीन ब्याट्सम्यान आउट भएपछि कलकताले रन जोड्ने क्रम फेरिएको थियो। अंगरिस रघुवंशीले ३२ बलमा ४४ तथा रिकु सिंहले २५ बलमा ३६ र जोडे।

दिल्लीका मिचेल स्टार्कले चार ओभरमा ४३ रन खर्चेर तीन तथा विपराज निगमले चार ओभरमा ४१ रन खर्चेर दुई विकेट लिए। दिल्लीका लागि सबै भन्दा प्रभावकारी बल पटेल भए। उनले चार ओभरमा २७ रन खर्चेर दुई विकेट लिए।

अन्तिम ओभरमा कलकताले लगातार तीन विकेट गुमाएको थियो। मिचेल स्टार्कले अङ्कुल रोय र रोभमन पावेललाई आउट गरेपछि अर्को बलमा आन्द्रे रसेल रन आउट भए। यस अघि उनले ९ बलमा १७ रन जोडेका थिए।

१० खेलमा १२ अङ्क भएको दिल्ली चौथो स्थानमा छ भने कलकता ९ अङ्क सहित सातौँ स्थानमा छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ६ : १९ बजे

मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत

महोत्तरी– मिथिला क्षेत्रमा आज बटुवालाई सातु र सर्वतले स्वागत गरिएको

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास

वाशिंटन – चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति

पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम

जनकपुरधाम– धनुषाका पाँच स्थानीय तहका पिछडिएका समुदायको उत्थानका निम्ति विविध

ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा

अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ वडा कार्यालयले वाडका ४६ जना

लुलाङ–गुर्जा सडक : भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

म्याग्दी–  म्याग्दीको लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका– १ गुर्जा जोड्ने