कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका « Khabarhub

कार्नीलाई बधाई दिँदै ट्रम्पले खोले क्यानडासँग वार्ताको ढोका


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – क्यानडामा सम्पन्न निर्वाचनमा पहिलो स्थान पाएको लिबरल पार्टीका नेता मार्क कार्नीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बधाई दिएका छन्। साथै ट्रम्पले निकट भविष्यमा यी दुईको बीचमा भेट हुने बताएका छन्।

सुरक्षा संयन्त्र र अर्थतन्त्रका बारे छलफल गर्नका लागि दुई देशका नेताको बीचमा भेट हुने अपेक्षा गरिएको छ।

ट्रम्पले लगाएको आयात कर तथा क्यानडाको सम्प्रभुतामाथि गरिएको लगातारको आक्रमणको छायामा निर्वाचन भएको थियो। यस निर्वाचन परिणामले कार्नी र ट्रम्प बीचको वार्ता अनिवार्य बनाएको छ।

क्यानडाको प्रधानमन्त्री कार्यालयबाट दिइएको सूचना अनुसार जितपछि पहिलो कल गरेका ट्रम्पले बधाई दिएका हुन्। उनको बधाईसँगै वार्ताको बाटो खुला रहेको बताएका छन्। दुवै देशका नेता अमेरिका र क्यानडाका बीचमा द्विपक्षीय साझेदारी आवश्यक भएको कुरामा सहमत छन्।

लिबरल पार्टीका लागि आफ्ना धेरै ऐनहरू संसदबाट पास गर्नका लागि अझै चुनौती भएको जनाइएको छ। संसदमा आवश्यक बहुमत भन्दा कम सिट जितेको लिबरललाई हरेक काम गर्नका लागि अन्य दलको साथ र समर्थन आवश्यक छ।

बहुमतका लागि १७२ सिट आवश्यक रहेको संसदमा लिबरलले १६९ सिट जितेको छ। ७ सिट जितेको न्यु डेमोक्र्याटसँग लिबरलको समझदारी हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४३ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम