ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास « Khabarhub

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन्।

मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिए।

आफू अर्थपूर्ण परिवर्तनका लागि सक्रिय रहेको समेत ट्रम्पले बताए। ट्रम्पको शासनकालको पहिलो सय दिनमा धेरै आप्रवासी अमेरिका फिर्ता पठाइए। यसै बीचमा उनले नै सुरु गरेको व्यापार युद्धका कारण अर्थतन्त्रमा समस्या देखिएको छ। यसले ट्रम्पको लोकप्रियता ह्वात्तै घटेको छ। डेट्रोयटमा उपस्थितलाई सम्बोधन गर्दै उनले आफूले भर्खरै केही गर्न खोजेको तथा सही परिणाम आउन अझ धेरै लामो समय लाग्ने समेत बताए।

ट्रम्पले अहिले भइरहेको अपोनियन पोललाई पनि गलत र झुट भएको आरोप लगाएका छन्। सम्बोधनको क्रममा ट्रम्पले अमेरिका विस्तारै आफ्नो भूमिमा उत्साहित सामान मात्र प्रयोग गर्ने तथा यसले देशको अर्थतन्त्र बलियो बनाउने कुरामा आफू विश्वस्त रहेको बताए।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : १५ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका