ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास « Khabarhub

ट्रम्पले मनाए ह्वाइट हाउस प्रवेशको सय दिन : अमेरिकी उत्पादनले प्रश्रय पाउने विश्वास


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – चुनावी अभियानमा झैँ विपक्षीमाथि आक्रामक हुँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यालय प्रवेशको सय दिन मनाएका छन्।

मिचिगनका आफ्ना समर्थकको माझमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो कार्यकाललाई ‘रिभुलेसन अफ कमन सेन्स’ को संज्ञा दिए।

आफू अर्थपूर्ण परिवर्तनका लागि सक्रिय रहेको समेत ट्रम्पले बताए। ट्रम्पको शासनकालको पहिलो सय दिनमा धेरै आप्रवासी अमेरिका फिर्ता पठाइए। यसै बीचमा उनले नै सुरु गरेको व्यापार युद्धका कारण अर्थतन्त्रमा समस्या देखिएको छ। यसले ट्रम्पको लोकप्रियता ह्वात्तै घटेको छ। डेट्रोयटमा उपस्थितलाई सम्बोधन गर्दै उनले आफूले भर्खरै केही गर्न खोजेको तथा सही परिणाम आउन अझ धेरै लामो समय लाग्ने समेत बताए।

ट्रम्पले अहिले भइरहेको अपोनियन पोललाई पनि गलत र झुट भएको आरोप लगाएका छन्। सम्बोधनको क्रममा ट्रम्पले अमेरिका विस्तारै आफ्नो भूमिमा उत्साहित सामान मात्र प्रयोग गर्ने तथा यसले देशको अर्थतन्त्र बलियो बनाउने कुरामा आफू विश्वस्त रहेको बताए।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : १५ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चुनावमा ‘हेभिवेट’ भिडन्त, यी क्षेत्रमा अनुभवी र लोकप्रिय अनुहार आमने-सामने

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका