मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत « Khabarhub

मिथिला क्षेत्रमा बटुवालाई सातु र सर्वतले स्वागत


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मिथिला क्षेत्रमा आज बटुवालाई सातु र सर्वतले स्वागत गरिएको छ । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा आज बिहानैदेखि सातु र सर्वत प्रदान गरिएको छ ।

गर्मीयाममा खलखली पसिना काढ्दै हिँड्ने बटुवालाई जौको सातु र सक्खर, मिश्री, मरीच एवं शीतलजल मिसाएर बनाइएको सर्वत दान गर्दा कहिल्यै नास नहुने पुण्य आर्जन हुने जनविश्वास छ ।

पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिन्छ । मिथिला क्षेत्रका गाउँबस्तीका चोकचोकमा मैथिल र मिथिलानी सातु र सर्वत लिएर बसेका छन् ।

यो पर्वमा सातुका थैला र सर्वतका घडा दान गर्ने परम्परा पनि छ । मिथिला परम्पराका जानकार याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका प्राचार्य हेमनारायणलाल कर्णले अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताए ।

भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उनको कथन छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ ।

यस दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मैथिल मान्यता छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ९ : २३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना