धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही  « Khabarhub

धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही 


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मुलुकमा धर्म र संस्कृति बचाउनुपर्ने समय आएको बताएका छन् ।

गण्डकी कोटिहोम ज्ञान महायज्ञमा बोल्दै उनले पछिल्लो समय नेपालको धर्म, संस्कृति, संस्कार र परम्परामाथि धावा बोलिँदै आएकाले यसको संरक्षण गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो संस्कारमाथि, हाम्रो परम्परामाथि धावा बोलिँदै गएको छ । अब धर्म बचाउन, परम्परा बचाउन, माता सीताको जन्मभूमि बचाउन, ३३ कोटी देवीदेवताको वासस्थान जोगाउनका लागि एउटा महापुरुषको जन्म हुन आवश्यक छ । किनभने यो पृथ्वी सनातनको देश हो । आज छोरी चेलीहरू बलात्कृत भएका छन् । केही मान्छेहरूले यो देशमा धर्म संस्कार हुँदैन भने त्यसैको परिणाम हाम्रा छोरीचेलीहरूले भोग्नुपरेको छ । हामीले हाम्रो धर्म र संस्कृति बचाउनुपर्ने समय आएको छ ।’

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : ३७ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित