वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान « Khabarhub

वीरगञ्जमा राजस्व उठाउन घरदैलो अभियान


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरले लक्ष्यअनुसार राजस्व सङ्कलन नभएपछि घरदैलो अभियान थालेको छ । चालु आर्थिक वर्षमा ७२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ३७ करोड ३३ लाख मात्र उठेकाले अभियान थालिएको हो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र राजस्व महाशाखा प्रमुख मनोज कर्णलगायत पदाधिकारी सम्मिलित टोलीले गत आइतबारदेखि यहाँका व्यवसायीले व्यवसाय कर, घरबहाल कर र सम्पत्ति कर तिर्न आनाकानी गरेकाले अभियान थालिएको जनाइएको छ ।

राजस्व महाशाखा प्रमुख कर्णले भनेऽ ‘दैनिक १३० वटा पसलको अनुगमन गरिरहेका छौँ । औसतमा ८० प्रतिशतभन्दा धेरै पसलले कर नतिरेको भेटिएको छ । हामीले सातदिने सूचना दिएर कर तिर्न आह्वान गरेका छौँ ।’

महानगरको टोली अनुगमनमा आएपछि मीनाबजार, घण्टाघर चोक, लिङ्करोडलगायत स्थानका व्यापारी तथा व्यवसायी सटर बन्द गरेर भागेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १० : ४५ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि