तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती « Khabarhub

तनहुँको श्याम्घामा पचास रोपनीमा अदुवाखेती


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल नेपाल ट्रेड युनियन महासङ्घले पचास रोपनीमा अदुवाखेती प्रारम्भ गरेको छ । यसको आरम्भ पार्टी केन्द्रीय  सदस्य आशा कोइरालाले गरेका हुन् । 

जिल्लाको व्यास नगरपालिका–६ श्याम्घामा ५० रोपनी जग्गामा अदुवाखेती थालिएको हो । उत्पादित अदुवा बिक्रीबाट प्राप्त हुने रकम महासङ्घमा आबद्ध सदस्यका परिवारको जीविकोपार्जनमा उपयोग गरिने जनाइएको छ। 

अखिल नेपाल टे«ड महासङ्घका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहसचिव सूर्यभक्त पौडेलका अनुसार मंगलबार २० जना सङ्गठनका पदाधिकारी सहभागी भएर आधुनिक विधिबाट अदुवा रोपिएको हो । पहिलो चरणमा एक सय धार्नी अदुवा रोपिएको छ भने यस वर्ष पाँच सय धार्नी बीउ रोप्ने लक्ष्य छ । 

बाँदरले नोक्सान नगर्ने, धेरै लगानी र परिश्रम गर्न नपर्ने  भएकाले अदुवाखेतीलाई प्राथामिकता दिइएको महासङ्घ तनहुँका अध्यक्ष वीरबहादुर थापाले बताए । 
 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : २० बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन