कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु « Khabarhub

कोलकाताको एक होटलमा आगलागी, १५ जनाको मृत्यु


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

कोलकाता– भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।

होटलको कोठा र छतबाट धेरै मानिसलाई उद्धार गरिएको कोलकाताका प्रहरी प्रमुख मनोज वर्माले मंगलबार साँझ आगलागी भएपछि बताए।

‘दुई बालबालिका र एक महिलासहित मृतकको सङ्ख्या १५ पुगेको छ’, आगलागीको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जानकारी दिँदै बर्माले भने, ‘होटल ग्यास च्याम्बरमा परिणत भयो र धेरै मानिसको निस्सासिएर मृत्यु भएको देखिन्छ ।’

आगलागी हुँदा ८८ जना पाहुना रहेको ऋतुराज होटल कोलकाताको केन्द्रीय भागको एक भीडभाड व्यापारिक क्षेत्रमा अवस्थित छ । करिब एक दर्जन मानिस जलेर घाइते भएका छन् र उपचार गराइरहेका छन् ।

भारतमा अग्नि नियन्त्रण उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित उपेक्षाका कारण भवनमा आगलागी हुने घटनाहरू सामान्य छन् ।
गत वर्ष पूर्वी राज्य बिहारको पटनामा एक होटलमा आगलागी हुँदा छ जनाको मृत्यु भएको थियो । कोलकाताको भवनबाट आगोको ज्वालाहरूको भिडियो फिल्म खिचेको प्रेस ट्रस्ट अफ इन्डियाले ‘धेरै मानिस भवनको झ्याल र साँघुरो किनारबाट भाग्ने प्रयास गरिरहेको देखिएको थियो’ भनी रिपोर्ट गरेको छ ।

कोलकाताको द टेलिग्राफ अखबारले आगोबाट बच्न खोज्दा ‘छतबाट हाम फालेका कम्तीमा एक जनाको मृत्यु भएको’ बताएको छ ।
बर्माले आगो निभाएको र ‘चिस्याउने कार्यहरू जारी रहेको’ बताए। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारहरूप्रति समवेदना प्रकट गरेका छन्। ‘घाइतेहरू चाँडै निको होउन्’, उनको कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको कोलाकाता पश्चिम बंगाल राज्यको राजधानी हो । पश्चिम बंगाल विपक्षी तृणमूल काङ्ग्रेस पार्टीद्वारा शासित छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ४८ बजे

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री

विश्वकप क्रिकेट लिग–२ : अमेरिकाले ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज