स्थानीय तहबाटै अर्थतन्त्र बलियो बनाउनुपर्छ : प्रचण्ड « Khabarhub

स्थानीय तहबाटै अर्थतन्त्र बलियो बनाउनुपर्छ : प्रचण्ड


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।

बेलौरी नगरपालिकाको पर्यटकीयस्थल सोभताल परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी  गर्दै उनले अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय तहबाट कृषि, वन, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्योगलगायतमा जोड दिन सुझाव दिए  । 

उनले भने,’कृषिलाई आधार बनाएर त्यसमै आधारित उद्योग स्थापना गरी अगाडि बढ्न सके अर्थतन्त्रमा टेवा पुग्ने छ । अहिलेको युग सूचना प्रविधिको युग भएकाले आईटी क्षेत्रलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ । ‘

गणतन्त्र आएपछि थालनी गरिएको मध्यपहाडी लोकमार्ग निर्माण अन्तिम चरणमा पुगेको चर्चा गर्दै उनले हुलाकी राजमार्ग निर्माणको कार्य अगाडि बढेको बताए । 

‘गणतन्त्र आएपछि केही भएन भने भाष्य ठीक होइन’, उनले भने, ‘थुप्रै विकास निर्माण, भ्रष्टाचार निवारणका कार्य भएका छन्, जनताले अपेक्षा गरेअनुसार जति हुनुपर्थ्यो, त्यो हुन सकेको छैन ।’ 

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १ : ०७ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ