वैकल्पिक सडक स्तरोन्नति गरिँदै « Khabarhub

वैकल्पिक सडक स्तरोन्नति गरिँदै


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विकल्पका रुपमा रहेको पाखुट्टे–झिम्पा–निसी सडक स्तरोन्नति गर्न थालिको छ ।

विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो । ढोरपाटन नगरपालिका–२ पाखुट्टेदेखि निसीखोला गाउँपालिका–५ निसीसम्म २५ किलोमिटर रहेको उक्त सडकको दुई खण्डमा स्तरोन्नति गर्न थालिएको छ ।

पहिलो खण्ड झिम्पाखोलादेखि ढाँडसम्मको पाँच किलोमिटर एम-एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन र दोस्रो खण्ड पाखुट्टदेखि माँडेसम्मको दुई किलोमिटर बागलुङ कालीगण्डकी निर्माण सेवाले जिम्मा लिएर काम गरिरहेका छन् । पहिलो खण्ड निसीखोला गाउँपालिकाले चालु् आर्थिक वर्षमा सविनियोजन गरेको रु ९८ लाख ४७ हजार र दोस्रो खण्ड सङ्घीय सरकारले विनियोजन गरेको रु ५९ लाख ७३ हजार १७६ मा स्तरोन्नति हुन थालेको हो । 

पहिलो खण्ड गत चैत २२ गते सम्झौता गरी काम सुरु भएको थियो भने दोस्रो खण्ड २०८१ पुस २ गते सडक डिभिजन कार्यालय बागलुङमार्फत सम्झौता भएको थियो । यस खण्डमा सडक चौडा गर्ने, पर्खाल लगाउने र नाली निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयका इञ्जिनियर सागर भण्डारीले जानकारी दिए । जेठ मसान्तसम्म सक्ने उक्त खण्डको काम अहिलेसम्म ९० प्रतिशत सम्पन्न भएको उनको भनाइ छ ।

पहिलो खण्डमा हालसम्म ३० प्रतिशत काम भएको एम÷एस टिएएस इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक इन्जिनियर रमेश अर्यालले जानकारी दिए । यस खण्डको विभिन्न ठाउँमा ह्युम पाइप हाल्ने, नाली निर्माण गर्ने र सडक फराकिलो बनाउने कार्य भइरहेको उनको भनाइ छ । आगामी असार १० गतेसम्म सक्ने गरी काम भइरहेको अर्यालले बताए । 

पाखुट्टे–झिम्पा–निसी सडकका लागि गाउँपालिकाले अहिलेसम्म रु चार करोड बढी रकम खर्च गरिसकेको छ । यस सडक सुरुमा मध्यपहाडी लोकमार्गका लागि प्रस्तावित भए पनि विभिन्न अवरोध र विवादका कारण अर्कोपट्टिबाट लगिएको थियो । 

उक्त सडक नौ वर्ष अगाडि साविक निसी, बोहोरागाउँ र देवीस्थान गाविसले रु दुई-दुई लाख, अर्थ मन्त्रालयबाट रु ४० लाख, डोलीडार संस्थाबाट रु सात लाख, जिल्ला विकास समितिबाट आठ लाख संकलन गरि कूल रु ६१ लाखमा ट्रयाक खोलिएको थियो ।

निसीखोलाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले अघिल्लो आर्थिक वर्षहरुमा वैकल्पिक सडक स्तरोन्नति गर्नका लागि करोडौँ रकम खर्च गरिसकेको बताए। सडक स्तरोन्नति नहुँदा स्थानीय लामो समयदेखि हिलो र धुलोबाट आजित हुने परेको भन्दै अब उक्त समस्याबाट मुक्त हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ०२ बजे

विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो इंग्ल्यान्ड

काठमाडौं – इंग्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२६ को सेमिफाइनल पुग्ने

निर्वाचन आठ दिन बाँकीः प्रचारप्रसारमा अवरोध गरे के हुन्छ सजाय ?

काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन

आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १३ गते बुधबार फागुन