पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी « Khabarhub

पक्राउ पुर्जी र पूर्व सूचनाबिनै रेशमलाई पक्राउ गरियो : लालवीर चौधरी


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लालवीर चौधरीले सरकारले आफूहरूमाथि प्रतिशोध साधेर रेशम चौधरीलाई पक्राउ गरेको दाबी गरेका छन्।

पक्राउ पुर्जी जारी नगरीकन चौधरीलाई पक्राउ गरेको भन्दै सांसद चौधरीले मधेसी र थारूहरूलाई सरकारले छानीछानी प्रतिशोध साँधेको आरोप लगाए । 

‘ पक्राउ पुर्जी जारी पनि गरिएको थिएन हामीलाई कुनै पूर्व सूचना पनि दिएन। सरकारले मधेसी र थारुहटलाई छानीछानी प्रतिशोध साधेको छ । अहिले हामी केही बोल्ने स्थितिमा छैनौ डिल्लीबजार कारागारमा हामी नेताहरू जाँदैछौँ ‘ सांसद चौधरीले खबरलाई भने, ‘के कारणले पक्राउ गरिएको त्यसबारे बुझ्न पनि हामी कारागार गएका हौँ । ठुले अपराधी जस्तो एकैचोटि यसरी पूर्व सूचना बिनै पक्राउ गरिएको छ। भोलिबाट हामी सदन र सडकमा निरन्तर आन्दोलनका कार्यक्रम गर्छौं।’

 लालावीर रेशम चौधरीका पिता समेत हुन । उनले पक्राउ गर्दा प्रहरीले आफूहरूलाई पक्राउ पुर्जी समेत नदेखाएको आरोप लगाए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : १३ बजे

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको