हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता « Khabarhub

हवाई प्राधिकरण सम्बन्धी विधेयक संशोधनको सूचना दर्ता


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ मा संशोधनको सूचना दर्ता गरेका छन् । उनले प्रतिनिधिसभामा बुधबार विधेयकमा संशोधनको सूचना दर्ता गरेका हुन् ।   

सांसद बजगाईंले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ११३ (१) मा उल्लिखित शर्तको अधीनमा रही नियम ११२ बमोजिम विधेयकको प्रस्तावना दफा १२ को उपदफा २ मा संशोधन सूचना दर्ता गरेको बताए । 

उपदफा २ मा ‘प्राधिकरणले आफूअन्तर्गतको विमानस्थल नेपाल सरकारको स्वीकृत लिई कुनै सरकारी वा गैर-सरकारी निकाय वा प्रतिस्पर्धात्मक विधिबाट निजी क्षेत्रलाई करार सम्झौता, सार्वजनिक निजी साझेदारी वा प्राधिकरणसँग संयुक्त कम्पनी बनाई निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न दिन सक्ने छ,’ थप गर्नुपर्ने दर्ता सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : २५ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन