सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह « Khabarhub

सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री सिंह


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निस्वार्थ सेवा भाव र समाजको हित नै राजनीतिको धर्म भएको बताएका छन्। बुधबार स्याङ्जामा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा बोल्दै उनले राजनीतिमा सेवा भावले काम गर्नु नै राजनीतिको धर्म भएको बताए। 

मानव समाजलाई सुव्यवस्थित अगाडि बढाउन कानून नभएका बेला धर्मले गर्न हुने र नहुने भनेका कुरालाई नै मानिसहरूले कानूनका रुपमा पालना गरेर समाज अहिलेको अवस्थामा आइपुगेकाले धर्मको महत्व विशिष्ट रहेको चर्चा गरे । 

‘समाजलाई अगाडि बढाउने क्रममा धर्मसँग हामी संलग्न छौं । धर्मले गर्न हुने र नहुने कामलाई मानिस आफैले छुट्याएर समाजलाई राम्रो हुने काममा अघि बढ्न सिकाएको छ,’ उनले भने,‘ धर्ममा लागू हुने नीति र जुन मान्यता छ । त्यो समाजको हरेक अरु पक्षमा पनि लागू हुन्छ । व्यापारमा पनि धर्म हुन्छ । उद्योगपतिको नि धर्म हुन्छ । विभिन्न व्यवसायमा लागेकाहरूको पनि धर्म हुन्छ । राजनीति गर्नेहरूको पनि धर्म हुन्छ । समाजलाई हित हुने काम हामीले गर्नुपर्छ । सेवाभाव र समाजको हित हुने काम गर्नु नै राजनीतिको धर्म हो । ’ 

उनले भक्तजनका लागि धर्मशाला बनाउने उद्देश्यले महायज्ञ लगाइएको भन्दै शहरी विकास मन्त्रालयले गर्न सक्ने काम गर्ने प्रतिवद्धता पनि जनाए ।  

त्यस्तै, उपप्रधानमन्त्री सिंहले स्याङ्जा पुग्दा ०४२ सालमा  सत्याग्रहको प्रचार प्रसारका लागि आइपुगेको सन्दर्भ स्मरण गराएको पनि बताए। पार्टी प्रतिबन्धित रहेका बेला ०४२ सालभन्दा अगाडि सत्याग्रहको तयारीका बेला गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवासहित गोपालमान श्रेष्ठको घरमा पार्टी अधिवेशन र सत्याग्रहको तयारीका लागि पुगेको भन्दै पुरानो दिनको सम्झना गरे। 

उनले महायज्ञ सफलताको शुभकामना दिँदै स्याङ्जाको पूर्वाधार विकासमा सबै जनप्रतिनिधिसँग सल्लाह गरेर गर्नुपर्ने काम गर्ने पनि बताए।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  २ : ५१ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना