गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट « Khabarhub

गृहमन्त्री लेखकसँग भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेको भेट


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकसँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले भेट गरेका छन् । चौथाइवालले बुधबार गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेट गरेका हुन् ।  

गृहमन्त्री लेखकले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग गृह मन्त्रालयमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेका छन् । 

‘भेटको क्रममा नेपाल र भारतबीचको बहुआयामीक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे निकै सकारात्मक छलफल भयो,’ उनले लेखेका छन्, ‘डा. चौथाईवालेजीको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने मैले विश्वास गरेको छु ।’

भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार बिहान मात्रै तीन दिने भ्रमणका लागि काठमाडौं पुगेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : २१ बजे

भारतमा प्रदर्शनकारीमाथि प्रहरी दुर्व्यवहारको आरोप

नयाँदिल्ली- भारतमा मतदाता सूची संशोधनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा प्रहरीले सांसद,

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध उजुरी

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल– दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला

गृहमन्त्री गुरुङ भारत प्रस्थान (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन् ।  उनी

साउदी अरब र हुथीबीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव

एजेन्सी– इरानले साउदी अरब र यमनबीच संवाद प्रक्रिया अघि बढाउन