प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न « Khabarhub

प्रधानमन्त्रीले भने- भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र कहिल्यै फर्किन्न


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । 

राष्ट्रिय जनसांस्कृतिक महासंघको नवौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका हुन् । 

गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गर्ने र जेमा पनि नकारात्मकता देख्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

उनले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि सिर्जनात्मक अभियानलाई तीव्रता दिन आग्रह गरे । ‘रातीमा चार वटा स्याल कराउँदा वनै भन्किए जस्तो हुन्छ । तिनले कराएर केही हुन्न,’ ओलीले भने, ‘अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ । त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङग्रो बजाउनुपरेको छ । यो काममा तपाईँहरू लाग्नुहोला ।’

नेपालमा अब राजतन्त्र फर्किन्न भन्ने अभिनेत्री सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरूलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट पारे ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : २१ बजे

बडादसैँको दोस्रो दिन मैतीदेवी मन्दिरमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको आज दोस्रो दिन । आज दसैँ

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज