महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ « Khabarhub

महिमानसिंहले भने- टीकापुरमा मारिएकाहरूको माया लागेर पत्र लेखेँ


१७ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन् । टीकापुर हत्याकाण्डका दोषी रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र त्रुटिपूर्ण भएको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ गर्नुअघि उनीसँग सर्वोच्च प्रशासनले सोधपुछ गरेको थियो । टीकापुर प्रकरणमा दोषी रेशम राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा दिएर छुटिसकेको अवस्थामा सजाय कार्यान्वयन भन्दै विष्टले पत्र लेखेका थिए ।

‘टीकापुरमा मरेकाहरू सम्झिएर माया लाग्यो, विष्टको भनाइबारे सर्वोच्चका एक अधिकारीले भने, ‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।’

विष्ट आफैँले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर बुझाएको पत्र कानुनी हिसाबले स्थापित हुने तथ्य नदेखेपछि सोधपुछ गरेर हिरासतमा पठाइएको हो ।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ४ : १९ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि